लुकाई छिपाई ल्याउदै गरेको लागु औषध सहित २ जना पक्राउ

विराटनगर
भारतबाट लुकाई छिपाई ल्याउदै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् ।
बिराटनगर – १२ आईतवारेबाट बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदर हरैचा नगरपालिका९४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *