हुसैन सेख
बिराटनगर–
बिहिबार सुकुम्बासीहरुले बिराटनगर मा बिरोध र्याली निकालेका छन । १ भट्टाचोक देखि पुर्व परोपकार घाट जाने बाटोमा नगरपालिका ले जग्गा अतिक्रमन गरेको भन्दै सुकुम्बासी लाई ७ दिन भित्र घर खाली गर्न निर्देशन दिइएको छ ।
बिगत ४० बर्ष देखि सो स्थान मा बसोबास गर्दै आएका सुकुम्बासिहरुको भनाइ छ ।
महानगरपालिका हरेक बर्श पटक पटक घर टहरा हटाउन पत्रचार गरि यातना दिने काम मात्र गर्दै आएको छ ।
असार द्दघ गते पत्राचार गरेको पत्र यहि पुस २७ गते सम्म मा घर खाली गर्नुपर्ने निर्देशन नगरपालिका ले दिइएको छ।बिगत घ बर्ष देखि घर हटाउन नगरपालिका पत्र पठायो तर सुकुम्बासी हरुको लागि कुनै पनि बिकल्प नदिएको सुकुम्बासीहरुको भनाइ छ ।
बिहिवार नेपाल सुकुम्बासी बिहिन संगठन सहित सम्पुर्ण पीडित सुकुम्बासी मिलि बिराट्नगर को पान्चाली देखि सुरु भएर बिराटनगर महानगर्पालिका सम्म र्याली प्रदर्सन गरेका छन ।
र्याली प्रदर्सन पछि सम्पुर्ण सुकुम्बासी हरु मिलि ब्यबस्थापन को माग गर्दै महानगर मा ग्यापन पत्र बुझाएका छन
सुकुम्बासी फारुक सेख ले आफुहरु बिगत ४० बर्ष देखि सो ठाउँमा बसोबास गर्दै आएको र जतिबेला आफुहरु सो स्थान मा बसोबास गर्दा त्यस्बेला परोपकार घाट र अहिले बाटो को कुनै अस्तित्व रहेको थिएन ।
सुकुम्बासी समस्या समाधान आयोगबाट समेत सुकुम्बासी परिचयपत्र प्रदान गरिसकेको अबस्थामा अहिले आएर महानगरपालिकाले आफुहरुलाई उठिबास लगाउन लागि परेको गुनासो गर्नुभयो ।
यस्तै अर्का पिडित हसिना खातुनले आफुहरुलाई मुवाब्जा केही नदिकन घर खाली गराउने आदेश गरेर बालबच्चा को बिजोग बनाउन आटेको बताउनु भयो ।
Comments