सुडान –
सुडानको सैन्य विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । वेस्ट डार्फर राज्यमा दुर्घटनामा मृत्यु हुनेमा चार बालबालिका पनि छन् । मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन् ।
प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको हो। जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग लिएर गएको विमान दुर्घटनामा परेको हो ।
विमान दुर्घटनाको कारण खुलेको छैन । वेस्ट डार्फरमा भड्किएको दङ्गामा पछिल्लो एक हप्तामा ४८ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएका छन् । अरब र अफ्रिकी समूहबीच आइतबार रातिबाट हिंसा भड्किएको हो ।
Comments