प्रिमियर लिगमा लिभरपुुलले अपराजित यात्रा कायमै

एजेन्सी
इङलिस प्रिमियर लिग फुटवलमा लिभरपुुलले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई दुई शून्य गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका लागि मोहमद सालेह र साडियो मानेले एक(एक गोल गरे । तुलनात्मक कमजोर टिम सेफिल्डलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानको अग्रता थप फराकिलो बनाएको हो ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ । लिभरपुलले २० खेलमा ५८ अंक जोडेको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको लेष्टर सिटीको ४५ अंक रहेको छ । ४४ अंक सहित म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *