बिराटनगरमा लागेको जुत्ता चप्पल मेला पुष महिना भरी लाग्ने

बिराटनगर
पुष १ गते बाट बिराटनगरमा लागेको जुत्ता चप्पल मेला पुष महिना भरी लाग्ने भएको छ । जुत्ता चप्पल मेलाका आयोजक समितीले बिहिबार बिराटनगरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै अझै मेला पुष भरी लगाउने जानकारी दिएको हो ।

एक महिनामा एक करोड पचास लाख को जुत्ता बिक्री गर्ने लक्ष्य लिएको आयोजक समितीले १७ दिनमा नै एक करोड २५ लाखको जुक्ता बिक्री गरीसकेको जानकारी दिएको थियो । जुत्ता मेलामा १८ हजार जोडि जुत्ता बिक्री भइसकेको आयोजक समीतीले जनाकारी दिएको छ ।

१५ देखि ६० प्रतिशत सम्मको बिषेश छुट र बिभिन्न अफरका कारणले पनी जुत्ता चप्पल मेलामा ग्राहकहरु आउने गरेका हुन् । मेलामा बिभिन्न नेपाली जुत्ता चप्लको ब्राण्ड हरुको सहभागीता रहेको छ भने मेला नेपाली जुत्ताघरले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *