घाँस काट्ने क्रममा लडेर मृत्यु

इलाम
इलाममा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।

इलाम नगरपालिका १ लिङलिमाका ३५ वर्षीय कृष्णबहादुर राईको लडेर मृत्यु भएको हो ।

बिहीबार बिहान ८ बजे घर नजिकै बाँसमा चढेर घाँस काट्ने क्रममा लड्दा राईको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *