बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियान थाल्ने घोषणा

विराटनगर/ प्रदेश १ मा पनि सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियान थाल्ने घोषणा गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, बालबालिका खोजतलास समन्वय केन्द्रले सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश १ का मुख्य शहरका सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियानको घोषणा गरिएको हो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आवधिक योजनामा नै प्रदेशलाई सडक बालबालिका मुक्त बनाउने घोषणालाई सार्थक बनाउन संघीय सरकारले ल्याएको नीतिले थप मद्धत पुगेको बताए ।
बाइट ः
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पर्वत गुरुङले संघीय संरचनाको अवधारणलाई आत्मसाथ गदै प्रदेशमा हस्तान्तरण गर्ने नीति अनुसार प्रदेश(१ मा रात्रीकालिन अभियान चलाएर सडक बालबालिकाको खोजी र उद्धारको अभियान सञ्चालन गरिएको बताए । मन्त्री गुरुङले सरकारले संविधानले नै बालबालिकाले खाना, लाउन र पठन–पाठन गर्न पाउने संवैधानिक अधिकारलाई व्यावाहारिक कार्वान्वयका लागि सरकारले नै जिम्मा लिने नीति अनुसार अभियानको सुरुवात गर्न लागिएको बताए ।
प्रदेश १ का मुख्य शहर सुनसरीको धरान, इटहरी, झापाको दमक र बिर्तामोडमा गरी ६३ जना सडक बालकबालिका रहेको प्रदेश १ का सामाजिक विकास मन्त्रालय सचिव वीरबहादुर राईले बताए । कुल ५ सय ३३ बालगृह मध्ये प्रदेश १ मा २८ वटा रहेका र जसमध्ये हाल १४ वटा मात्रै सञ्चालनमा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *