हेरिटेज तथा बुटिक होटेलहरूलाई समेत सरकारले वर्गीकरण गरी प्रमाणपत्र दिने

काठमाडौं
सरकारले अब हेरिटेज तथा बुटिक होटेलहरूलाई समेत वर्गीकरण गरी प्रमाणपत्र दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटेल तथा रिसोर्टहरूसम्बन्धी ल्याएको नयाँ मापदण्डले हेरिटेज र बुटिक होटेललाई समेत वर्गीकरण गरेको हो । बुटिक होटेलका नाममा खुलेका होटेलहरू अब सेवा र सुविधाको हिसाबले समेत ‘लक्जरी’ हुनुपर्ने छ ।

बुटिक होटेलहरू अब तीन प्रकारका हुनेछन्, साधारण, डिलक्स र लक्जरी । सेवा तथा सुविधाका दृष्टिकोणबाट साधारण बुटिकको स्तर तीनतारे, डिलक्स बुटिकको स्तर चार तारे र लक्जरी बुटिकको स्तर पाँचतारे रहने गरी वर्गीकरण गरिएको छ । तर, कोठाहरूमा भने पाँचतारेकै हाराहारी संख्या चाहिँदैन ।

कम्तीमा ३५ कोठा भएको बुटिक होटेलले समेत लक्जरी स्तरको मान्यता पाउने छ । कम्तीमा २५ कोठा भएको बुटिक होटेलले डिलक्स र कम्तीमा १५ कोठा भएको बुटिक होटेलले साधारण बुटिक होटेलको मान्यता पाउने भएको छ ।

के हुन् हेरिटज र बुटिक रस्वागत–सत्कार र बिदाइ मौलिक शैलीमा–

बुटिक होटेलहरूमा अतिथिलाई नेपाली मौलिक संस्कृतिले स्वागत, सत्कार तथा बिदाइ गर्नु पर्ने भएको छ । होटेलभित्रका अन्य सेवा सुविधा प्रदान गर्दासमेत मौलिकपनलाई विशेष ध्यान दिनुपर्ने छ ।

मेनु, ब्रोसर, प्रचार सामग्री, सोभेनियर ब्याग, होटेलमा प्रयोग हुने भाँडाकुँडाजस्ता सामग्रीसमेत परम्परागत एवं मौलिक हुनुपर्ने प्रावधान राखिएको छ । अतिथि सत्कार, वेटर, बारमा सेवा दिन बस्ने कर्मचारीले नेपाली मौलिक पोशाक लगाउनु पर्ने भएको छ । यस्तो होटेलले स्थानीय तथा अग्र्यानिक रूपमा उत्पादित खाना तथा पेय पदार्थलाई अधिकतम प्रयोगमा ल्याउनुपर्नेछ । पूर्वीय सभ्यतामा आधारित योगा, ध्यानजस्ता स्वास्थ्यवर्धक क्रियाकलापसमेत होटेलमा हुनेपर्ने भएको छ ।

वर्गीकरण गर्दा विज्ञ अनिवार्य

सरकारले कुनै पनि होटेललाई हेरिटज वा बुटिक होेटलका रूपमा वर्गीकरण गर्दा एक समिति बनाउने भएको छ । यसरी होटेलको स्तरीकरण गर्दा समितिमा पुरातत्व विभागबाट सम्बन्धित क्षेत्रको ज्ञान भएको प्राविधिक अधिकृत समेतलाई आमन्त्रण गर्नुपर्ने प्रावधान राखिएको छ । नेपालमा बुटिक होटेलका नाममा धेरै संरचना बनिसकेका छन् । तर, सरकारले पहिलो पटक यस्ता संरचनालाई समेत वर्गीकरणमा राख्ने भएको छ । सञ्चालनमा आइसकेका होटेलले ६ महिनाभित्र मापदण्ड पूरा गर्नुपर्ने र नयाँ होटेलका हकमा प्रारम्भबाटै मापदण्ड पूरा गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *