सुनको मूल्य, नयाँ किर्तिमान

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम भएको छ । आज बजारमा छापावाल सुन प्रति तोला ७६ हजार रुपैयाँमा कारोवार भएर नयाँ किर्तिमान कायम भएको हो । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो ।

आइतबार प्रति तोला एक हजार मूल्य बढेर सुन तोलाको ७५ हजार ५ सयमा कारोवार भएको थियो । तेजावी सुन भने प्रति तोला ७५ हजार ७ सय मा कारोवार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँमा कारोबार भएको छ ।

विगत पाँच दिनमा पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेको छ । छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला ४ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार गत मंसिरमा सामान्य अंकले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्यवृद्धि भएको छ । मुल्य बढेसँगै सुनको कारोवार भने ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिका इरानबिचको द्वन्द्व र अमेरिकी डलर मजबुत हुँदै गएपछि त्यसको असर सुनको मूल्यमा परेको हो । नेपाली बजारमा सुनको मूल्य प्रति तोला ८० हजारसम्म पुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *