रौतहट । बर्षमा ३० दिन मात्रै भन्सार तिरेर नेपाल छिरेका भारतीय सबारीसाधनलाई सिमामा रोक्न थालेपछि रौतहटका राजनीतिक दलका नेताहरुले यो नियमलाई हटाउनुपर्ने माग राखेका छन् ।
उनले यो नियम रहिरहने भएपछि भ्रमण बर्ष सफल नहुने बताएका छन् ।नेपाल सरकारले नेपालमा एक वर्षमा ३० दिन मात्र भारतीय सवारी साधन आउन सक्ने नियम बनाएको छ ।
तर, रौतहटका राजनीतिक दलका नेता एवं अगुवाहरुले यो निर्णयलाई सच्चयाउनुपर्ने माग गरेका छन् ।सत्तासिन एवं प्रतिपक्षी दलका प्रतिनिधिहरुको टोलीले आईतबार् प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र पठाउँदै यो नियम हटाउन माग गरे ।
ज्ञापन पत्रमा भारतबाट नेपालमा लाखौको संख्यामा सवारी साधन मार्फतै पर्यटक भित्रिने गरेकोले वर्षमा ३० दिन मात्र भन्सार इन्ट्री गरिने प्रतिबन्धात्मक निर्णयले नेपाल सरकारको राजश्वमा समेत असर
पर्ने उल्लेख गरिएको छ ।
Comments