बिराटनगर / एउटा बिद्ययालय जहाँका बिद्यार्थीहरु जाडो भएकै कारण दैनिक स्कुल आउन सक्दैन्न् । जहाँ स्थानिय सरकारको समेत ध्यान पुग्न नसकेको अवश्थामा समाजसेवीको ध्यान पुगेसंगै बिद्यार्थीहरुमा खुशी छाएको छ । बिराटनगर महानगरपालीका नजीकैरहेको जहदा ३ को रामपुरमा बिद्यार्थीहरु अझैपनी दैनिक बद्यालय जान सकिरहेका छैन्न् ।
तराइमा हुने अत्याधिक चिसोका कारण बिद्यार्थीहरुको दैनिक शिक्षामा समेत असर परीरहेकोबेला बिराटनगरका समाज सेवी गोबिन्द सहनीले आफ्नो श्रीमतीको स्मृतीमा तिन सय बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । आफुले सामाजीक क्षेत्रमा टेवा पुर्याउनका लागी सहनीले केहि दिन अघिमात्र उक्त स्थानमा निरीक्षण गर्दा स्कुलका छात्र छात्राहरको स्थीती दयनिय देखेपछि न्यानो कपडा बितरण गरेको बताए ।स्कुलमा जाडोका कारण बिद्यार्थीहरुको उपस्थिती कमी हुने गरेको बताउँदै स्कुलका प्रिन्सिपल असोक कुमार मण्डल ले उक्त स्कुलमा पढ्ने बिद्यार्थीहरुको पारीवारीक स्थितीनै नाजुक हुने गरेको बताए । त्यसोत स्कुलमा लगलग काम्दै पढ्न पुगेका बिद्यार्थीहरुलाई समेत न्यानोकपडा बितरणले सहयोग पुगेको स्कुलका बिद्यार्थीको भनाई छ ।
उता हनुमान आधारभुत बिद्यालयमा समेत न्यानो कपडा बाड्न पुगेका गोबिन्द सहनीको टोलीलाई बिद्यालयको तर्फबाट स्वागत सम्मान नै गरेका थिए । स्कुलको एक कक्षा मा चिसो सिमेन्टमाथी एक सरो कार्पेटको भरमा बसेर पढिरहेका बिद्यार्थीहरुको अवस्था देखेर उनले आर्थीक रकम समेत सहयोग गरेका थिए । स्थानिय सरकारले बिभिन्न योजना ल्याउने गरेको भएपनी प्रदेश एकको राजधानी बन्ने क्रममा रहेको बिराटनगर महानगरपालीका कै छेउमा स्थानिय सरकारको ध्यान पुग्न नसक्नु दुखत अवस्था हो । तर यस्तो उदार मन रहेका समाजसेवीलाई सवैको सलाम छ ।
Comments