नेकपा विप्लव समूहका ३ जना जिल्ला स्तरीय कार्यकर्ता हतियार सहित पक्राउ

मोरंङको वेलबारी नगरपालिका वडा नं. ५ कसेनी, रामपुर बाट नेकपा विप्लव समूहका कार्यकर्ताहरूहातहतियार सहित पक्राउ परेका छन् । चन्दा असुल गरी रहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित नेकपा विप्लव समूहका मोरङ सुन्दरहरैचा नगरपालिका वडा नंम्बर १० का मोरङ जिल्ला ईन्चार्ज कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, बिराटनगर महानगरपालीका ८ का क्षितिज पौडेल र पथरी शनिस्चरेका चिरन्जिवी धिताल, पक्राउ परेका हुन् । उनिहरुको साथबाट कटुवा पेस्तोल थान १ र ३०३ लेखिएको गोली २ थान बरामद भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *