प्रदेश २ सरकारले किसानलाई अनुदान दिने

महोत्तरी । प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो ।

प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिन्छौं’ मन्त्री साहले भने, “यही पुस महिनादेखि दूध बिक्री गर्ने किसानलाई यो अनुदान दिइनेछ ।”

बजारमा दूध बेचे त्यसको रेकर्ड नरहने भएकाले त्यस्ता किसानले भने अनुदान पाउृने छैनन् । मन्त्री साहले दूध सहकारी संस्था, संकलन केन्द्र र डेरीमा दूध बेच्ने किसानको रेकर्ड रहने भएकाले यस्ता ठाउँमा दूध बेच्ने किसानले अनुदान पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *