सहासिक खेलकुदको केन्द्र पोखरामा अर्को साहसिक खेल बन्जी जम्प थपिदैछ । साहसिक खेल प्याराग्लाइडिङ, जिप फ्लायर, र्याफ्टीङ, काइकिङ, क्यानोनिङ, रक क्लाइमिङ, बन्जी जम्प लगायतका खेलले परिचित पोखरामा थप अर्को बन्जी जम्प थपिने भएको हो ।
बञ्जी नेपाल एडभेन्चर प्रालिले आगामी दुई महिना भित्र पोखरामा सहासिक खेल बन्जी जम्प संचालनमा ल्याउने तयारी गरेको हो ।पोखरामा आउने अधिकांश साहसिक पर्यटकहरु भएकोले उनीहरुलाई थप आकर्षण गर्न आफुहरुले फरक ढंगबाट पोखरा १७ स्थित रातोपहिरामा बन्जी जम्प संचालनमा ल्याउने अन्तिम तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले बताए ।
Comments