ठूलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ

पोखराको काहुँखोलामा ठूलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ हुनेमा पोखरा-१३ पाटनवेशीका २१ वर्षीय अनुप तामाङ र पोखरा-३० शिसुवाका १९ वर्षीय विशाल परियार रहेका प्रहरीले जनाएको छ ।

दुई जनाबाट ९४ एम्पुल डाइजेपाम, ९४ एम्पुल नुर्फिन र ९२ एम्पुल फेनरागनसहित २ थान मोबाइल र एउटा मोटरसाइकल पनि बरामद गरेको उल्लेख गरेको छ ।

चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा भाग्न खोजे पछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी लिँदा लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *