सडकमा बाक्लो हिउ जमेपछि धनकुटा हुँदै संखुवासभा, तेह्रथुम लगायत जिल्ला जाने आउने सयौ सवारी साधनहरु रोकिएका थिए भने पर्यटकहरु हिउँमा रमाई रहेका थिए ।
धनकुटा स्थित छथरजोरपाटी गाउँपालिका आसपासमा परेको हिउँका कारण धनकुटा हुदै बसन्तपुर जाने नुनथलादेखि चित्रेसम्मको तीन किलोमिटर कालोपत्रे सडक बिहान केहि समय अबरुद्ध भएको
विश्व पर्यटन बर्ष २०२० लाई सफल पार्न धनकुटा आउनु भएका पर्यटकहरुलाई मध्यनजर गरि जिल्ला विपद व्यावस्थापन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्ण बहादुर घिमिरेको अध्यक्षतामा कठिन अवस्थाका बाबजुद्ध पनि नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वललगायतका ४० औं जना सुरक्षाकर्मीको प्रयासमा बाटो खोलि पर्यटकहरुको आगमनलाई शहज बनाएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
बाक्लो हिऊले सडक ढाक्दा अवरुद्ध भएको सडक खुलाई यात्रुहरुलाई शहज आगमन गराउन बिहानै देखि सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा सहितको भ्रमण बर्षलाई सफल पार्न यातायात अबरुद्ध हुन नदिन गरिएको प्रयास नमुना योगय बनेको धरानबाट हिउँ हेर्न आउनु भएका प्रविन त्रितालले बताउनु भयो ।
प्रमुख पर्यटकीय स्थल धनकुटामा हिउ खेल्दै आन्तरिक तथा बाह्य पर्यटकहरु रमाउदै हिउमा खेलेको दृष्य हेर्दा आन्नद नलिने कोहि थिएन ।
अवरुद्ध सडक खुलाउन विपद व्यवस्थापन सामाग्रीका साथ हिउ पन्साउन खटिई रहनुभएका शसस्त्र प्रहरी वल छिन्ताङ गुल्मका डिएसपी सचिन कर्माचार्यका अनुसार केहि छिन यातायात रोकि बाटोमा रहेको हिउँ सोरेर यातायात सुचार गरेको हो ।
आर्थिक बिकासको मुख्य आधार नै पर्यटन रहेको हुदा प्रदेश नम्वर एकको गौरव र चर्चित पर्यटकीय स्थल धनकुटामा भ्रमण वर्ष २०२० को अवसरमा सुरु भएको भेडेटारबाट सुनसरीको धरानसम्म प्यारागाइडिङ र माउन्टेन वाइकको घोडचडी यस अवधिभर भेडेटार नजिकै रहेको पाथिभर मन्दिर, नमस्ते झरना साथै ऐतिहासिक साँगुरीगढी टुरप्याकेज, तमोर नदीको मुलघाटदेखि सुनसरीको चतरासम्म र्याफ्टिङ सेवालगायत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पुग्न प्याकेज कार्यक्रम समेत तयार गरिएको छ ।
धनकुटामा हिउँको बर्षा, हिउँ परे सँगै पर्यटकको आगमन

Comments