पत्रकारहरुमाथि कुटपिट

जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ ।

मेयर लाक किशोर साहकै नेतृत्वमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, राजा झा, अमरकात्न ठाकुरसहित १२ जना जति पत्रकारहरुमाथि कुटपिट भएको हो ।

कुटपिटबाट पत्रकार अमरकात्न ठाकुरलाई चोट लागेको छ । मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए ।

‘पत्रकारहरु मेयरको भनाई लिन उनको चेम्वरमा गएका थियौँ, अचानक आक्रमण भयो, मलाई पनि हेल्मेटले चोट लागेको छ’, राजा झाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *