२०२० को  -र्याली गर्न सिड्नीका सुरक्षाकर्मीले रोक लगाए

एजेन्सी – नेपाल भ्रमण वर्ष २०२० को  -र्याली गर्न सिड्नीका सुरक्षाकर्मीले रोक लगाएको छ । साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले -र्याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जानकारी दिएको छ । उक्त र्याँली पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दहाल, कन्सुल जनरल दिपक खड्का र चन्द्र योञ्जनको नेतृत्वमा उक्त र्याालीको आयोजना हुन लागेको थियो ।

एनएसडब्ल्यूको इभेन्ट प्लानिङ युनिटले आयोजकलाई विभिन्न कारणसहित उक्त र्या्ली आयोजनामा रोक लगाएको छ । उक्त कार्यक्रम प्रचारप्रसार र व्यापारिक लाभमा आधारित भएको र -र्याली आयोजनाका लागि कानूनको पालना नगरेको उल्लेख छ । -र्यालीमा सहभागीहरुले पैदल यात्रुलाई समस्या निम्त्याउने अनुमान गरेर पनि पुलिसले यसो गर्न रोक लगाएको बताएका छन् ।सिड्नीका अकाउन्टेन्ट र एनआरएनएका पूर्व कोषाध्यक्ष दिल खरेललाई र्यानली आयोजनाका लागि अनुमती लिन लगाइएको थियो ।
उनले -र्याली आयोजनाका लागि अनुमती नपाएको बारे आयोजकलाई जानकारी दिएको दाबी गरे । यसरी -र्याली आयोजना गर्ने योजना पनि नभएको उनले बताए ।
तर मानिसहरु जम्मा भएको देखेर कसैले उक्त भीडलाई -र्यालीमा रुपान्तरण गर्न खोजेको पनि उनले बताए ।
अष्ट्रेलियामा बसिरहेका पत्रकार प्रकाश हुमागाईंले नेपालका पर्यटनमन्त्री योगेश भट्टराई उपस्थित उक्त कार्यक्रममा भएको चरम लापरवाहीमाथि दुःख व्यक्त गरे ।
‘र्याकलीमा सहभागीहरुलाई सुरक्षाकर्मीले रोक्दा निकै दुःख लागेको थियो । उनीहरुलेआयोजकलाई लापरवाह भएको भन्दै आलोचना गरे, ’ हुमागाईंले भने ।
अष्ट्रेलियामा यतिबेला इतिहासकै गम्भीर र संघीन मोडमा छ । चार महिनादेखि लागिरहेको डढेलो अझैसम्म पनि नियन्त्रणमा आएको छैन र यस्तो अवस्थामा नेपालको पर्यटन वर्ष २०२० का प्रचारप्रसार मूलक कार्यक्रमको आयोजना गरेको भन्दै आलोचना पनि गरिरहेको छन् ।
यद्यपि, गैर आवसीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आजको कार्यक्रम पूर्वानिर्धारित भएको र यसैका लागि पर्यटनमन्त्रीले अष्ट्रेलिया भ्रमण गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *