काठमाडौं , औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडमा अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रवन्धक सुवास सिटौलाका बीचमा कार्यालयमा नै हात हालाहालको अवस्था सृजना भएको छ ।
महाप्रवन्धक सुवास सिटौला ले कर्मचारी बोलाएर हाजिर लिष्ट तयार पारी कार्यालय प्रवेश गर्न खोज्दा अध्यक्ष नन्दकिशोर बस्नेतले महाप्रवन्धक सुवास सिटौलालाई ढोकैमा बसेर भित्र छिर्न रोकेपछि हात हालाहालको अवस्था सृजना भएको थियो ।
अध्यक्ष नन्दकिशोर बस्नेतले कार्यालयमा अराजकता मच्चाएको भन्दै महाप्रवन्धक निकट कर्मचारी युनियनका पदाधिकारीले अध्यक्ष बस्नेतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तर अध्यक्ष बस्नेत आफै ढोका फोरेर कार्यकक्षमा भित्र छिरे ।
महाप्रवन्धक सिटौला पदमा बस्न उमेरहदले रोकेको भन्दै राजीनामा नदिएसम्म ताला नखोल्ने र कार्यालयमा प्रवेश समेत गर्न नदिने अध्यक्ष बस्नेतको अडान छ ।
तर महाप्रवन्धक सिटौलाले भने सरकारले आफुलाई अयोग्य भनेर हटाए मात्र आफु हट्ने बताएका छन् । सिटौलाले अध्यक्ष बस्नेतको एउटा पत्रका भरमा आफु नहट्ने उनको दाबि छ ।
Comments