रतुवा खोला छेउको काँसघारीमा एक पुरुषको शव

रतुवामाई : मोरङको रतुवामाई नगरपालिका-७ रतुवा खोला छेउको काँसघारीमा एक पुरुषको शव भेटिएको छ । मृत भेटिएका पुरुषको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले पहेलो टिसर्ट र लुंगी लगाएको तथा हातमा गाम्छा र एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए ।

राईकाअनुसार अन्दाजी ६०र६५ वर्ष र तराई मुलको जस्तो देखिने पुरुष मृत भेटिएका हुन् । काहिँबाट आएका पुरुष गन्तव्यसम्म पुग्न नसक्दा त्यहाँ सुतेको र चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *