नोबेल अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया

बिराटनगर, बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । मोरङको बेलबारी–४ लामपानेकी ४४ बर्षीया अलन कुमारी माझीको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो ।

क्यान्सरको संक्रमण फैलिएको स्तन र काँखी मुनीको गाँठोसमेत शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालिएको नोबेल शिक्षण अस्पतालका शल्यचिकित्सक डा.ओम बिक्रम शाहले जानकारी दिए ।

नोबेलका शल्यचिकित्सक डा.शाह नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया पश्चात अव बिरामीको किमो थेरापी र रेडियो थेरापी गराउँँनु पर्ने डा.शाहले बताए । उनका अनुसार अप्रेशन गराउँन ढिलाई भएको भए क्यान्सरको संक्रमण शरिरका अन्य भागमासमेत फैलिएर बिरामीको ज्यान नै जान सक्थ्यो । नोबेलमा यसअघि पेनक्रियाज क्यान्सरको पनि सफल शल्यक्रिया गरिएको थियो । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *