चन्द्र ग्रहण भोलि लाग्दैछ

यो वर्षको पहिलो चन्द्र ग्रहण भोलि लाग्दैछ । यो चन्द्र ग्रहण मिथुन राशि र पुनर्वसु नक्षत्रमा लाग्नेछ । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यो ग्रहण नाङ्गो आँखाले भने देख्न सकिँदैन । चन्द्र ग्रहणले हाम्रो मन मस्तिष्कमा निकै प्रभाव पार्नेछ । ग्रहणको प्रभाव एक पक्षसम्म अर्थात १५ दिन सम्म रहने धार्मिक मान्यता रहेको छ । चन्द्रमा जलको कारक भएका कारण यस समयमा पृथ्वीमा जलीय समस्या या भूकम्प जाने सम्भावना पनि रहने धार्मिक मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *