पत्रकार हरुसित झडप

जनकपुरधाम।जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिसोर साहको कार्यकक्षमा दिउँसो पत्रकार हरुसित झडप भएको छ । मेयर साहको उपस्थितिमा पत्रकारहरुमाथि हातपात भएको पीडित पत्रकारहरुले बताएका छन् ।

कान्तिपुर टेलिभिजनका धनुषा समाचारदाता अमरकान्त ठाकुर लगायतका तीन जना पत्रकारहरुले मेयर साहको प्रतिकृया लिने क्रममा विवाद चर्को कुटाकुट भएको हो ।घटनामा ठाकुरसहित सुभाष कर्ण, राजा झा र सुमित मिश्रलाई चोटपटक लागेको छ । एपिवान टेलिभिजनका प्रदेश व्यूरो विकास साह, शत्रुधन यादव लगायतलाई पनि चोटपटक लागेको छ ।

जानकी मन्दिर अगाडिको फुलवारीको जग्गा अतिक्रमण गरिएको बिषयमा मेयर साहसँग प्रतिकृया लिन पत्रकारहरु बिहान १० बजे पुगेका थिए । पत्रकारहरु तीन घण्टा सम्म कुर्दापनि मेयर साहले वेवास्ता गरेपछि पत्रकारहरु कार्यकक्षमा प्रवेश गरेर कुरा गर्न खोज्दा धम्काएर हातपात गर्दै निकालेको पत्रकारहरुले बताएका छन् ।मेयरसँग प्रतिकृया लिन गएकै आधारमा हातपात, गालीगलौज र दुव्र्यबहार गरिएको उनीहरुको भनाई छ । मेयरका समर्थक र नगर प्रहरी मिलेर पत्रकारहरुमाथि दुव्र्यहार गरेको उनीहरुको भनाई छ् ।मेयरले साहले भने पत्रकारहरुसँग कुनै दुव्र्यबहार नगरेको दावी गरेका छन् ।आफूसित समय नलिइकनै सोझै कार्यकक्षमा प्रवेश गरी प्रशासकिय अधिकृतलाई किन सरुवा गराएको रु जस्ता प्रश्नहरु सोध्न थालेको उनले बताए।अहिले ब्यस्त रहेको र केहि समयपछि कुरा गर्ने बताउँदापनि उनीहरुले मुखमा माइक राखेर थर्काए’ साहले भने, “कार्यकक्षमा पत्रकारहरु नै जबरजस्ती प्रवेश गरी अमर्यादित कृयाकलाप गरेका छन् ।” यसैबीच मेयरकै कार्यकक्षमा पत्रकारमाथि भएको हातपात र दुव्र्यबहारको पत्रकारसँग सम्बन्धित बिभिन्न संघ–संगठनले माग गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश २ समिति र मधेशी पत्रकार समाजले छुट्टाछुट्टै बिज्ञप्ती जारी गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।केन्द्रीय समितिका महासचिव रमेश बिष्टले पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटनालाई प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको बताएका छन् । उनलेजारी गरेको बिज्ञप्तीमा घटनाको भत्र्सना गरी सत्य–तथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न माग गरिएको छ ।

यस्तै प्रदेश २ का महासचिव किरण कर्णले छुट्टै बिज्ञप्ती जारी गर्दै पत्रकारहरुमाथि गरेको कुटपिटसहितको दुव्र्यवहारले पूर्ण प्रेस स्वतन्त्रतामाथिको नांगो हस्तक्षेप र शासनसत्ताको नांगो र भद्दा दम्भ प्रवृत्तिका शासकको उन्माद प्रष्ट भएको बताएका छन् ।यस्तै, मधेशी पत्रकार समाजका अध्यक्ष सुभाष कर्णले पनि बिज्ञप्ती जारी गर्दै पत्रकारमाथि हातपात गर्नेलाई कार्वाहीको माग गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *