टिपरको ठक्करबाट एक युवकको मृत्यु

धनुषा : धनुषाको मिथिला नगरपालिकामा  एक युवकको टिपरको ठक्करबाट मृत्यु भएको छ । मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको मृत्यु भएको हो । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका उनको ट्रिपरले किचाएर हत्या गरिएको बताइएको छ ।

प्रहरीले घटनामा सग्लन ना ७ ख ६४१३ नम्बरका टिपरका चालकलाई समेत नियन्त्रणमा लिएको छ । स्थानीयले महतोलाई जबर्जस्ती समाएर चालकले किचेको बताएका छन् । साथीसँग मर्निङवाक गएको समयमा महतोलाई टिपरले ठक्कर दिएको हो । युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

युवकको मृत्युका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेर दोषीलाई कारवाहीको माग गरेका छन् ।

यसअघि जनकपुरधाममा पेठीया बजारनजिक रमण कन्सट्रक्सनको टिपरले ठक्करदिदा राम युवा कमिटीका पूर्व अध्यक्ष सोहन ठाकुरका श्रीमति सुधादेवी ठाकुरको मृत्यु भएको थियो । टिपरको ठक्करवाट धनुषामा एक महिना भित्रेै चारजनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *