बिराटनगर /
किड् एण्ड टिन ग्लोबल नेपाल २०२० बिराटनगरमा हुने भएको छ । ड्रिम सर्च एजेन्सी द्धारा पुर्वाञ्चलको बिभिन्न सहरमा हुन लागीरहेको उक्त ब्यूटिप्रेजेन्ट सहितको फेसनसो बिराटनगरमा भने माघ अन्तीममा हुने भएको हो ।
बिभिन्न बिधामा ४ बर्ष देखि १८ बर्ष उमेरका साना बालबालीका देखि किसोर किसोरि हरुले उक्त कार्यक्रममा भाग लिन पाउने छन् । बिराटनगरको लागी भने पहिलो अडिसन माघ १ गते हुने आयोजक टिमका फाउण्डर कमल निकन क्षेत्रीले बताउनु भयो । त्यस्तै इटहरी धरान र झापाको बिर्तामोडमा समेत अडिसन हुने छ ।
उक्त कार्यक्रममा सहभागी भएका बिजेता हरुले चार वटा बिद्यामा २५/२५ हजार नगद पुरस्कार पाउने छन् भने अन्तराष्ट्रि क्षेत्रमा हुने ब्यूटि प्रिजेन्टस् तथा फेसन सो का लागी बिजेता लगायत टप फिप्टिन बाट ३० जना सहभागी हरुलाई थाइल्याण्डको ब्यांङक्क लैजाने आयोजक ले बताए । बिराटनगरका लागी अडिसन दिन फारम हरु सिटि सिनेमा, होटल दिब्यरत्न प्यालेस रोडसेस र ट्राफिक चौक कार्यालयमा आवेदन फारम भर्न सकिने छ ।
Comments