३६ बर्षदेखि साङ्गलोमा रहेका ब्यक्तीको उद्धार

३६ बर्षदेखि साङ्गलोले वाँधेर राखिएको इटहरी २० का डिक वहादुर खड्काको उद्धार गरिएको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ बर्ष देखि साङ्गलोमा वाधिएर राखेका एक जना ब्यक्तिको उद्धार गर्नुभएको हो । इटहरी २० का ५३ बर्षीय डिक वहादुर खडकाको उद्धार गरि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानु भएको हो । उपमहानगरका स्वास्थ्यकर्मीको टोली सहित उपमेयर चढने गाढीमै राखेर उहाँलाई स्वास्थ्य उपचारका लागि धरान लगिएको हो ।

उपचारको प्रयास गरेपनि निको नभएपछि नभएपछि थेग्न नसकेर वाँधेर राखिएको परिवारजनको भनाई छ ।  मानसिक विरामी रहेका कारण वाँधेर राख्नुपरेको परिवारजनले वताएका छन । २०३६ सालमा लडेर वेहोस भएपछि मानसिक समस्या देखिएको परिवारले वताए ।

आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको छरछिमेकको भनाई छ । उपचारमा सगै धरान गएका भाईले स्थानीय सरकार भगवान जस्तै वनेर आएको प्रतिक्रिया दिएका छन् । खड्काको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरले र्फवाट १० हजार प्रदान समेत गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *