कोशी टप्पुमा यस वर्षको चरा गणना शुक्रबारदेखि शुरु

नेपालमा पाइने ८८४ प्रजातिका चरामध्ये ५२८ प्रजातिका चरा पाइने कोशी टप्पुमा यस वर्षको चरा गणना शुक्रबारदेखि शुरु भएको छ ।बराह क्षेत्रस्थित कोशी नदीको पुलबाट शुरु हुने गणना भीमनगरस्थित कोशी ब्यारेजमा पुगेर समापन हुने बताइएको छ। हिमाली प्रकृतिले कोशी पक्षी समाजको सहयोगमा वर्षेनी ५ दिन लगाएर गणना गर्दै आएको छ । समाजका अध्यक्ष अनिष तिम्सिनाका अनुसार दुई दिन पानीबाट र तीन दिन बाहिरबाट चरा गणना हुन्छ । दुई वटा डुङ्गाबाट नदीमा बगेर पूर्वी र पश्चिमी भागबाट गणना गरिन्छ ।कोशी टप्पु वन्यजन्तु आरक्ष बाहिर उत्तरको भागमा शुक्रबार पानी चराको गणना सम्पन्न गरेर आरक्षभित्र कोशी ब्यारेजसम्म शनिबार गणना गरिने तिम्सिनाले बताए ।

गत वर्ष कोशीमा अघिल्ला वर्षको तुलनामा चखेवा (रुडी शेल्डक) बढी पाइएको थियो । कोशी टप्पुमा सन् १९८७ बाट चरा गणना गरिंदै आएको छ । वेटल्याण्ड इन्टरनेशनल नामक संस्थाले गएको ३१ वर्षदेखि कोशीमा चरा गणना गर्दै आएको छ ।

यस अवधिमा हरेक वर्ष चराको संख्या घट्दो क्रममा पाइएको छ । चीनका विभिन्न ठाउँ र साइबेरिया लगायतबाट कोशीमा आउले जलपक्षीमध्ये धेरैजसो अन्न मात्रै खाने छन् । अन्न पाइने एकान्त खेतहरू प्लटिङ हुन थालेकाले आहाराको खोजीमा चरा भारततर्फ पुगेको चराविद्हरू बताउँछन् । आरक्ष आसपासका मानिसको कोशी नदीमा सहज आउजाउले पनि चरालाई असहज हुने भएकाले उडेर अन्यत्र जाने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *