आजकाे माैसम : तराईमा बाक्लाे हुस्सु र चिसाे

देशको तराई क्षेत्रमा व्यापक हुस्सु/कुहिरो लागेको छ भने पहाडी भेगमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला पश्चिमदेखि पूर्वसम्मै तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। पूर्वी तराईका हुस्सु/कुहिरो दिउँसो १/२ पछि बिस्तारै हट्दै जानेछ भने मध्य र पश्चिम तराईका हुस्सु/कुहिरो अपराह्नबाट केही पातलो भएर जानेछ तर पूर्ण रूपमा हट्ने सम्भावना नरहेको मौसमविद् बासीले बताइन्।

जसले गर्दा तराई क्षेत्रमा अहिले चिसो अत्यधिक बढेको छ र त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
‘यसअघि भएको वर्षाको पानी बाफिलो भएर उड्ने भएकाले तराई क्षेत्रमा हुस्सु/कुहिरो बढेको हो,’ मौसमविद् बासीले भनिन्।

माैसम पूर्वानुमान महाशाखाले  आइतबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने  सम्भावना  रहेकोले हुसु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ।

यता काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा भने आज अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ। आइतबार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ सेल्सियस डिग्री छ। पुनः पौने ९ बजे मापन गरिने मौसमविद्ले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *