गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ । निकुञ्जको घडगाई पोष्ट नजिक पोथी गैंडा मृत भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । अन्दाजी २० बर्षको गैंडा एक्जाभेटर लगाएर गैंडा बाहिर निकालिएको छ । गैंडाको खाग र खुरहरु सुरक्षित छन् ।भाले गैंडाले लेखेटर भाग्न खोज्दा गैंडा दलदलमा भाँसिएको हुनसक्ने सहायक संरक्षण अधिकृत रमेश यादवले बताए । जाडोयाम गैंडा प्रजननको समयका रुपमा लिइन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा योसहित ७ वटा गैंडा मरेका छन् । गत बर्ष ४३ गैंडा मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *