मिरगन्ज पुल मर्मत गर्ने भन्दै ढुवानीका साधन चल्न रोक

भारतको अररिया जिल्ला प्रशासनले मिरगन्ज पुल मर्मत गर्ने भन्दै ढुवानीका साधन चल्न रोक लगाएको छ । बिहीबारदेखि आयात–निर्यात ठप्प भएको छ । पुलबाट साना सवारी साधन मात्र गुड्न दिइएको छ । भारतको अररिया जिल्ला प्रशासनले मिरगन्ज पुल मर्मत गर्ने भन्दै ढुवानीका साधन चल्न रोक लगाएको छ । बिहीबारदेखि आयात–निर्यात ठप्प भएको छ । पुलबाट साना सवारी साधन मात्र गुड्न दिइएको छ ।अररिया जिल्ला प्रशासनले पुस २४ देखि माघ ६ गतेसम्म पुल मर्मत गर्ने सूचना सार्वजनिक गरेको छ । यसअघि पुस ३ देखि ११ सम्म मर्मत गर्ने भन्दै ढुवानी साधन गुड्न दिइएको थिएन । जोगबनी नाकाबाट दैनिक सरदर अढाई सय मालवाहक साधन भित्रिन्छन् । ०७४ साउन अन्तिम साताको बाढीले पुलको पूर्वतिरको पिलर धस्सिएको थियो । त्यस बेला अढाई महिना सवारी अवागमन ठप्प भएको थियो । करिब सय किलोमिटर घुमाउरो बाटो भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट मालसामान ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *