संसद बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दलको खिचातानीका कारण पटक पटक संसद बैठक स्थगित गरिएपछि आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

कांग्रेसले भनेको छ, ‘प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको विषय दुःखद छ । नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छाँया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’

साथै प्रवक्ता शर्माले विज्ञप्ति मार्फत जनताको आस्थाको थलोलाई ‘पोलिटब्युरो’ को बन्धनबाट तत्काल मुक्त गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *