थ्रीस्टार क्लबलाई फ्रेन्ड्स क्लबको नमिठो झट्का

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको थ्रीस्टार क्लबलाई फ्रेन्ड्स क्लबको नमिठो झट्का लागेको छ । दशरथ रंगशालामा आइतबार भएको ललितपुर डर्बी भिडन्तमा थ्रीस्टार फ्रेन्ड्स क्लबसँग १–० गोलले पराजित भयो ।यस हारसँगै थ्रीस्टारको उपाधि यात्रा कमजोर बन्ने देखिएको छ । बलियो थ्रीस्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी सेमोले निर्णायक गोल गरे । सेमोल खेलको १३ औं मिनेटमा गरेको गोल नै फ्रेन्ड्सको जितमा प्रयाप्त बन्यो ।सेमोले विश्व अधिकारीको फ्रिकिकमा हेड गोल गरेका थिए । सेमो म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । थ्रीस्टारले लगातार गोलको अवसर बनाएपनि सफल हुन सकेन । लिगमा फ्रेन्ड्सको यो पहिलो जित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *