देश सभा २ को बैठक अनिश्चितकालकालागि स्थगित

जनकपुरधाम ।प्रदेश सभा २ को बैठक अनिश्चितकालकालागि स्थगित गरिएको छ ।सोमवार डाकिएको बैठक अर्को सूचना नहुञ्जेल सम्मका लागि स्थगन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा कार्य परामर्श समितिको आइतवार बसेको बैठकले राष्ट्रिय सभाको चुनावलाई दृष्टिगतगरि बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले बताए ।‘माघ ९ गते राष्ट्रिय सभा सदस्यका लागि मतदान हुने भएकोछ’उनले भने, परामर्श समितिले निर्णय गरे अनुसार बैठक स्थगित गरिएको छ ।

गत मंसिर २९ गते प्रदेश सभाको बैठक सत्तारुढ राष्ट्रिय जनता पार्टी९राजपा०नेपाल,प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी९नेकपा० र प्रतिपक्षी नेपाली काँग्रेसका सभासदहरुले अबरुद्ध गरेका थिए ।त्यसपछि
सुचना टाँसेर स्थगत हुँदै आएको बैठकलाई फेरी अनिश्चितकालका लागि स्थगन गरिएको छ ।

गत आर्थिक वर्षको भुक्तानी हुन बाँकी रहेका करिब ८७ करोड भुक्तानी नभए सम्म प्रदेश सभा बैठक चल्न नदिने अडानमा राजपा, नेकपा र काँग्रेसका सभासदहरु अझै कायम नै छन् ।उनीहरुले सदनमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने मागगर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *