पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याइदिएको छ। कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो।
मुशर्रफले आफूलाई देशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको गठनलाई गत डिसेम्बरमा चुनौती दिएका थिए।
सोमवार, लाहोर उच्च अदालतले निर्वासनमा रहेका मुशर्रफविरुद्धको सजाय उल्ट्याइदिएको हो। सन् १९९९ मा भएको ‘कु’मा उनले सत्ता हत्याएका थिए र सन् २००१ देखि २००८ सम्म राष्ट्रपति बनेका थिए।
अदालतको निर्णयको अर्थ अब जनरल मुशर्रफ “स्वतन्त्र मानिस” भएको एकजना अभियोजनकर्ताले बताएका छन्।
Comments