बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतलाई त्रिभुवन विमानस्थलमा खटिएकी प्रहरीले उनीलाई असभ्य व्यवहार गरेको बताइन्।
‘उनले ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो?’, भन्दै प्रश्न गरेकी छिन्।
विमानस्थलमा रमिता नामक महिला प्रहरीले उनीमाथि असभ्य व्यवहार गरेको भन्दै उनले आक्रोश पोखेकी हुन्।’ठूला-ठूला पोष्टका इन्स्पेक्टर, डिएसपी, आइजिपीहरूले मात्रै राम्रो भाषामा बोल्ने हो?उनीहरूले मात्रै हजुर राजबक्सिस्योस्, दर्शन गर्ने ,’उनले प्रश्न गरिन्,’ तल्लो तहका प्रहरीले चाहिँ तँ भन्ने अरूलाई ? ठूलोले चाहिँ हजुर स्यो लगाएर हुन्छ?’
तल रूट नै फोहोर भएको भन्दै उनले रूटलाई बनाउन आग्रह गरिन्।
जरै गन्धा भएपछि माथि टुप्पोले मात्र दर्शन दर्शन गर्नु असोभनीय भएको उनले बताइन्।उनले भद्रपुर विमानस्थलबाट बाहिरिएर भारततर्फ जाँदै गर्दा फेसबुकमा २५ मिनेट लाइभ आएर प्रहरीले गरेको व्यवहारप्रति आक्रोश पोखेकी हुन्।
‘विमानस्थलमा चेकजाँच गर्दा मेरो हातमा कफी थियो, लुगा छामेर चेक गर्नुस् न भन्दा खोल्… भनिन्,’ राउतले फेसबुक लाइभमा भनिन्,’त्यही हो बोल्ने शैली, पुलिस हाम्रो साथी भन्ने नारा हटा…’
उनले आफूमाथि त्यसरी बोलेपछि औंला ठड्याएर ‘मान्छे चिनेर कुरा गर’ भन्दै हिँडेको बताइन्।
उनले प्रहरी हाम्रो साथी भन्ने नारामा मात्रै सीमित रहेको गुनासोसमेत गरिन्।
तल्लो तहका प्रहरीहरूले बोल्ने शैली सिक्न र ठूला पदका प्रहरीले सिकाउन समेत सुझाइन्। तर अहिले उनले भिडिओ हटाएकी छन्।

Comments