ओली र दाहाल प्रचण्डबीच छलफल, सभामुखबारे कुरा मिलेन

काठमाण्डाैं, २ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र प्रचण्डबीच बिहीआार बालुवाटारमा भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा सभामुख चयन, एमसिसी लगायतका विषयमा छलफल भएको छ । भेटवार्तामा सभामुखको चुनाव र अमेरिकी सहयोग एमसीसीका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । सभामुख कसलाई बनाउने भनेर सहमति हुन नसके पनि सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली सकारात्मक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । तर छलफलमा कुनै सहमति नभएको र समग्र विषयमा खुलेर छलफल भएको प्रेस संयोजक थापाले बताए । सभामुखमा पूर्व एमाले र पूर्व माओवादीको दावी रहेका कारण ३ पटकसम्म संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ । हिउँदे अधिवेशनको बैठक चल्न नसक्दा ३ दर्जन विधयेक अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *