काठमाडौं ।
बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी छन्। उनी एक साताको भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन्।
राजा अल्वर्ट द्धितिय तथा रानी पावलाकी दोस्रो सन्तान एस्ट्रिडले यहाँ रहँदा राष्ट्रपति विद्या भण्डारी तथा उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ।
उनी बेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था डामियनको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन्। उक्त संस्थाको उनी मानार्थ अध्यक्ष समेत छिन्।
कैलाली, नवलपरासी,चितवन लगायतका जिल्ला भ्रमण गर्नेछिन्। कैलालीमा उनी क्षयरोग केन्द्र उद्घाटन गर्ने समारोहमा सहभागी हुनेछिन्। त्यस्तै उनले क्षयरोगका बिरामी पनि भेट्नेछिन्। त्यस्तै नवलपरासीको मध्यबिन्दु अस्पतालको पनि उनले भ्रमण बताइएको छ।
उनको नेपाल भ्रमणले नेपाल र बेल्जियमबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ।
राजकुमारी एस्ट्रिड आफ्नो भ्रमण सकेर माघ ९ गते स्वदेश फर्किनेछिन्।
Comments