नेकपा नेता गजुरेल भन्छन्, ‘गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख ’

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा उनले संसदको गतिरोध हटाउनु उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने बताए । उनले उपसभामुखले राजीनामा नदिएसम्म नेकपाले उमेदवारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि राजीनामा दिनुपर्ने बताए । उनले राजीनामा नदिने हो भने पार्टीले गम्भीर छलफल गर्नेसमेत बताए ।

पार्टीका दुवै अध्यक्षले उपसभामुखलाई राजीनामा दिन आग्रह गरेको बताउँदै नेता हरिबोल गजुरेलले राजीनामा नदिने भए पार्टीले सोहीअनुसार अगाडि बढ्ने चेतावनीसमेत दिए ।
उनले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसारै चयन हुने दाबी गरे । उनले उपसभामुखले राजीनामा नदिँदासम्म बहस गर्नुको कुनै अर्थ नहुने बताए ।

नेता गजुरेलले अहिलेको गत्यावरोधको अवस्था कुनै नौलो कुरा नभएको बताए । उनले पार्टीको महाधिवेशन नहुँदासम्म ‘पावर सेयरिङ’ हुनैपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *