बिराटनगर। माघ ०२
अधिक ध्वनी प्रदुषण भएको कारण मोरङ प्रहरीले १४० वटा सवारी साधनहरूको प्रेसर हर्न हटाइ जलाइएको छ
सवारी साधनहरूमा प्रेसर हर्न प्रयोगको कारण अधिक ध्वनी प्रदुषण भई जनस्वास्थ्यमा असर पारेको भन्दै मोरङ प्रहरीले पथरी सडक खण्डबाट १४० वटा सवारी साधनहरूको प्रेसर हर्न हटाई आवश्यक कारबाहि गरेको हो ।
अन्य सबै सवारी साधनहरूले समेत तत्काल स्वंय प्रेसर हर्न हटाउन जिल्ला प्रहरी कार्यालय मोरङले अपिल समेत गरेको छ ।
प्रेसर हर्न नहटाएमा कानुन बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय मोरङ का एस्पी बिश्व अधिकारीले बताए ।
Comments