भन्सार चोरी पैठारीका सामानहरुलाई प्रहरीले लियो नियन्त्रणमा

बिराटनगर । माघ ०३
भन्सार चोरी पैठारीका सामानहरु बरामद गरि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ को जहदा गाउँपालिका स्थित दशगजाबाट भन्सार छलि चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अवैध सामान नियन्त्रणमा मोरंग प्रहरीले लिएको हो ।

अवैध रुपमा नियन्त्रणमा लिएको चिनी १० बोरा र सुर्ती १४ बोरा गरी अन्दाजी ५० हजार बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङ ले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिएको समान भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *