झापाको बिर्तामोडमा ;लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ का २६ बर्षीय बिकास उप्रेती र बिर्तामोड नगरपालिका-३ का सुवास तामाङलाई २७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । मे ३ प ८९८ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *