प्रदेश १ मा पनि मनाइएयो : बलिदानी दिवस

विराटनगर ।
माघ ५ गते मनाउँदै आएको बलिदानी दिवस प्रदेश १ मा पनि मनाइएको छ ।
दिवसको अवसरमा विराटनगर १३ स्थित पूर्वान्चल बाल आश्रममा फलफूल बितरण, स्वास्थ परीक्षणको साथै औसधि बितरण गरेको छ । मधेशी स्वास्थकर्मी फोरम मोरङले सो कार्यक्रमको आयोजना गरेको हो ।

समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा १ सय २० जनाले स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्यक्रममा ससदीय दलका नेता जयराम यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, स्वास्थ्यकर्मी फोरमका महासचिव कृष्ण लाल यादबलगायतले बोलेका थिए ।

समाजवादी पाटी जहदा गाउपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । को गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले उद्घाटन गरेको रक्तदान कार्यक्रममा गाउँपालिका की उपाध्यक्ष शालो साहलगायतले रक्तदान गरेका थिए ।
त्यस्तै बिराटनगर भन्सार कार्यालय सहिद बेचन मियाको सालिकमा माला अर्पण कार्यक्रम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *