काठमाडौं ।
महानगरीय प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएका १४ जना जुवाडेहरु १ लाख १२ हजार धरौटीमा छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनीहरुलाई आइतबार धरौटीमा छाडेका हुन् ।
प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख तथा डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा पुस ६ गते चन्द्रागिरि नपा ३ बाट ३१ हजार ५३५ नगदसहित सातजना पक्राउ परेका थिए । पक्राउ परेका सातैजना जुवाडेहरुलाई जनही ६ हजार धरौटीमा जिप्रका काठमाडौंले आज छाडेका छन् ।
धरौटीमा काठमाण्डौ चन्द्रगिरी नगरपालिकाका हरी श्रेष्ठ, थानकोटका कृष्ण कुमार नकर्मि, शंखुवासभा धर्मदवि नपाका रुद्र गुरुङ, हेटौडा उमनपा उपेश माझी, धादिङ गंगाजमुना गाउपालिकाका भान नारायण श्रेष्ठ, सिन्धुली मरिन गाउँपालिकाका लाल बहादुर माझी र पाँचथर हिलियाङ गाउँपालिकाका नर बहादुर लिम्बु रहेकाछन् ।
यसैगरी चन्द्रागिरि नपा ६ महादेवस्थानस्थित दल कुमार याँदीको घरभित्र सोही दिन ७० हजार पाँच सय नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई जिप्रका काठमाडौंले जनही १० हजार धरौटीमा छोडेका छन् ।
सिन्धुली सुनकोशीका ईन्द्रबहादुर सारु, चन्द्रागिरीको सुक्रबहादुर सारु, चन्द्रागिरिको दल बहादुर यांदी, चन्द्रागिरी किशोर महर्जन, चन्द्रागिरी कृष्ण खडगि, दोलखा सैलुङका बिरबहादुर तामाङ र चन्द्रागिरिका सहदेब केसी रहेका छन् ।
Comments