नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गर्दै आईसीपी

विराटनगर, ६ माघ । विराटनगर १८ बुधनगरमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (इन्टग्रेटेड कस्टम चेकपोस्ट – आईसीपी) भोली मंगलबारबाट सञ्चालनमा आउँदै छ ।

दुई महिना अघि नै निर्मांण सम्पन्न भएको आईसीपी भारत सरकारले मंगलबार नेपाललाई हस्तान्तरण गर्न लागेको हो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाटै स्विच अन गरेर आईसीपीको उद्घाटन गर्ने छन् ।

व्यापार सहजिकरणको लागि भारतीय सहयोगमा आईसीपी निर्मांण गरिएको हो । आईसीपी सञ्चालनमा आएपछि भन्सार सम्बन्धि सबै काम एकै ठाउँबाट हुने छ ।

उद्घोष दैनिकले यो समाचार ‘खुल्दैछ प्रदेशको समृद्धिको ढोका’ शिर्षकमा छापेको छ ।

आईसीपी हाताभित्र मुख्य भवनका साथै ५ वटा गोदाम, भन्सार कार्यालय, दुईवटा ठुला सेड, कर्मचारी आवास गृह, बैंक तथा वित्तिय संस्थालाई भवन र सुरक्षाकर्मीको लागि भवन बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *