विराटनगर, ७ माघ । आगामी बैशाखदेखि प्रदेश नं. १ लाई सूर्तीजन्य वस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गरिने भएको छ । सूर्तीजन्य वस्तुको नियन्त्रण र नियमन ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाउने प्रदेश सरकारले तयारी गरेको छ । आगामी बैशाख १ गते प्रदेश एक लाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन प्रदेश घोषणा गर्ने सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले आगामी माघ मसान्त सम्ममा विराटनगरमा सूर्तीजन्य वस्तुको नियन्त्रण र नियमन गरिने बताउनुभयो । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र,वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था रहेकाले सोही अनुसार नियमन गरिने मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले सोमबार विराटनगरमा सचेतना अभियान सञ्चालन गरि सूर्तीजन्य वस्तुको नियन्त्रण र नियमनका लागि कार्यक्रम शुरु गरेको उद्घोष गरेको छ । मोरङको १७ वटै स्थानीय तहमा माघ मसान्तभित्रमा सार्वजानिक स्थलमा सूर्तीजन्य वस्तुको बिक्री, वितरणमा रोक लगाएपछि चैतभित्रमा अन्य १३ वटा जिल्लामा पनि लागू गर्ने मन्त्रालयको तयारी छ । ऐन कार्यन्वयनका लागि सरकारले मात्रै गरेर नपुग्ने भएकाले सरोकारवाला निकाय, सामाजिक अगुवा, नागरिक समाजको भूमिका आवस्यक रहेको विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले बताउनुभयो । सरकारले ऐन ल्याउँदैमा कार्यन्वयन नहुने भएकाले सवैको सहभागिता आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । ऐन जारी भएको ७ वर्ष वितेपनि ऐन कार्यान्वयन नभएपछि प्रदेश सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको हो । सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने विभिन्न रोगहरुबाट वच्नका लागि ब्यक्ति को ब्यवहारमा परिवर्तन गर्नु जरुरी रहेको वरिष्ट मुटु रोग विशेषज्ञ डा.शंकरप्रसाद अधिकारीले बताउनुभयो । सचेतना कार्यक्रममा सरोकारवाला व्यक्तिहरुसँगै विभिन्न विद्यालयका विद्यार्थीले विभिन्न प्ले कार्ड सहित सहभागिता जनाएका थिए ।
आगामी बैशाखदेखि प्रदेश नं. १ लाई सूर्तीजन्य वस्तुको नियन्त्रण गरिने

अन्य सामग्री

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ ।
माघ ३ गते,मोरङ – मोरङ बिराटनगर-१६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा-६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन । बिशेष सुराकका आधारमा ईलाका...

मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ ।
पौष २९ गते,झापा – जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुब...

प्रदेश नं.-१ का मुख्यमन्त्री शेरधन राईसहित आठ जना सांसद निलम्बित ।
पौष २८ गते,विराटनगर – नेकपा प्रदेश–१ (प्रचण्ड-नेपाल समूह)को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । नेपाल समूहले विज्ञप्तीमार्फत उनीहरुलाई तीन महिन...
Comments