प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

विराटनगर,७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भिडियो कन्फ्रेस मार्फत विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

प्रधानमन्त्रीको निम्तोमा मोदीले आफू नेपाल भ्रमण गर्न सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । मोदीले नेपाली समकक्षी ओलीलाई सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

आफू सन् २०२० को कार्यक्रम बनाउदै गरेको बताउँदै मोदीले नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको बताएका छन् ।

मंगलबार आईसीपी उद्घाटनका लागि दुई देशका प्रधानमन्त्री भिडियो कन्फ्रेसमा जोडिएका थिए ।

यस अघि मोतिहारी– अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दुई देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेस मार्फत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *