फेसबुक चलाउँदा नगर्नुहोस् यी सात गल्ती

विराटनगर, ७ माघ । मानिसको दैनिक जीवनमा सोसल मिडियाको प्रभाव बढ्दो छ । फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको संख्या पनि बढ्दो छ ।

फेसबुकको कुरा गर्ने हो भने केही अपडेट नगरेसम्म दैनिकी खल्लो महसुस हुन्छ ।

सामान्यतया सबैको चाहना फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यसमा आफ्ना फेसबुक साथीहरुको ध्यान खिचियोस् र प्रशस्तै लाइक्स र कमेन्ट्स आओस भन्ने हुन्छ ।

फेसबुकजस्ता सोसल मिडिया भनेको आफ्ना साथीसंगी तथा आफन्तहरुसँग सजिलैसँग सम्पर्क तथा सञ्जालमा रहनका लागि हो ।

कतिपय अवस्थामा फेसबुकको प्रयोग गर्न नजान्दाखेरी हाम्रा गोपनियता बाहिर जान पनि सक्छ । तसर्थ फेसबुकको प्रयोग गर्दा निम्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

१ अपरिचितसँग साथी नबन्नु
हामी चिन्दै नचिनेको मानिसलाई पनि आफ्ना फेसबुकको फ्रेण्ड लिस्टमा एड गर्ने गर्दछौं जुन उपयुक्त होइन् । त्यसैले जो सुकैलाई आफ्नो फेसबुकको साथी नबनाउनुहोस् ।

फेसबुकमा प्रायजसो हाम्रो आफ्ना निजी कुराहरु राख्ने एउटा प्लाटफर्म हो जुन कुराहरु हामीसँग सम्बन्ध र परिचय भएको मानिसले ति जानकारीहरु प्राप्त गर्न हामीलाइ कुनै हानी नहुन सक्छ ।

कतिपय अवस्थामा सार्वजनिक चासोका विषयमा पनि कुराहरु फेसबुकमा आउन सक्छन् तर फेसबुकमा अपरिचित मानिसहरुलाइै साथी नबनाएको नै उपयुक्त हुन्छ ।

२. फेसबुकमा आफ्ना व्यक्तिगत जानकारीहरु नराख्ने

हामीले फेसबुकमा राख्ने पोस्टहरु कति उपयुक्त वा अनुपयुक्त छन् भन्ने कुरा सोचेर मात्र फेसबुकमा पोष्ट गर्नुपर्दछ ।

आफ्ना नजिकका साथीभाइ, परिवार तथा सहकर्मीहरुसँग गरिने कुराकानी तथा सम्बन्धित कुराहरु फेसबुकजस्तो सोसल मिडियामा पोष्ट गर्नु उपयुक्त हुँदैन । फेसबुकमा पोष्ट गर्दा जे मन लाग्यो त्यहि पोष्ट गर्ने बानीले कहिलेकाही नोक्सान पनि हुन सक्छ ।

३.घर तथा कार्यालयको ठेगाना, कार्यालय समय शेयर गर्ने

प्राय मानिसहरुको बानी कतै जाँदा ट्राभलिङ्ग यो ठाउँ त्यो ठाउँ, आदिजस्ता व्यक्तिगत कुराहरु त्यतिमात्र नभई आफ्नो घरको ठेगाना, कार्यालयको ठेगाना, कार्यालय समयजस्ता कुराहरु फेसबुकको प्रोफाइलमा पब्लिक गरिरहेका हुन्छन् जुन त्यति आवश्यक हुँदैन । व्यक्तिगत जानकारीहरु सार्वजनिक गर्दा कहिलेकाहीँ तपाईंको व्यक्तिगत जीवनमै समस्या आउन सक्दछ त्यसकारण कुन कुरा पब्लिक गर्ने नगर्ने सो को पनि ध्यान दिनुपर्दछ ।

४. प्रोफाइलमा प्राइभेसी सेटिङ राख्ने

आफ्नो फेसबुक प्रोफाइलका जानकारीहरु जो सुकैले हेर्न पाउने गरी ‘पब्लिक’ गराउनु उचित हुँदैन । आफ्नो स्कुलको नाम, कलेजको नाम, जन्मघर आदिजस्ता विषयहरु सबैलाई देखाउनु राम्रो होइन ।

फेसबुकका कतिपय पोष्टहरु पनि सम्बन्धित वा साथीहरूले मात्र देख्ने गरी प्राइभेसी सेटिंग्स मिलाएर पोष्ट गर्दा राम्रो हुन्छ ।

५. बालबालिकाका तस्वीर र जानकारी

भविष्यमा स्मरणका लागि भनेर आफ्ना छोराछोरीका तस्वीर तथा भिडियोहरु धेरैजसो बाबुआमाले फेसबुकमा शेयर गरिरहेका हुन्छन् ।

बालबालिकाको व्यक्तिगत कुराहरु जस्तै स्कुलको नाम, ठेगाना, कक्षा, साथीसंगी, मन पराउने खानेकुराजस्ता कुराहरुको जानकारी समेत फेसबुकमा पोष्ट गरेको देख्दछौं । यसरी फेसबुकमा जानकारीहरु पब्लिक गराउँदा सबैले थाहा पाएर त्यसको दुरुपयोग गर्न पनि सक्छन् । त्यसैले फेसबुकमा आफ्ना बच्चाहरुको बारेमा धेरै कुरा शेयर नगर्दा राम्रो हुन्छ ।

६. व्यक्तिगत कागजपत्रहरु पोष्ट नगर्ने

बैंक स्टेटमेन्ट, पासपोर्ट, राहदानी, जहाज टिकट, तथा प्रमाणपत्रको फोटो फेसबुकमा राख्ने स् आफ्नो नागरिकता, बैंक खाता विवरण जस्ता निजी कागजातहरुका फोटो खिचेर फेसबुकमा पोष्ट गर्ने बानी छ भने त्यसरी पोष्ट गर्नु आफैलाई नोक्सान हुन सक्छ ।

७. ट्याग गर्न नदिने
फेसबुकमा सबैभन्दा टाउको दुखाइ भनेको नै फोटो ट्यागिङ हो । त्यसबाट बच्नका लागि फेसबुकको प्राइभेसी सेटिंग्समा परिवर्तन गरी जो कोहीले आफुलाई ट्याग गर्न नसक्ने बनाउनु पर्छ त्यसको साथैे अप्रुभ गरेपछि मात्र आफ्नो वालमा देखाउन मिल्ने बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *