स्थगित गरिएको आल्मी इज्तेमा निश्चित समयमा नै हुने

८ माघ, बिराटनगर ।
हुस्सैन सेख :-

स्थगित गरिएको आल्मी इज्तेमा निश्चित समयमा नै हुने भएको छ ।

सप्तरीमा मुस्लिम समुदायको धार्मिक अन्तराष्ट्रिय आल्मी इज्तेमा { इस्लामी प्रवचन } आगामी फाल्गुन ३,४ र ५ गतेमा हुने भनि तय गरिएपनि सो कार्यक्रम गर्नकालागी स्थानिय जिल्ला प्रसासन कार्यालय ले स्थगित गरेको थियो ।

स्थगित गरे लगत्तै नेपालि मुस्लिम समुदायले यसको चर्को बिरोध पनि गरेका हुन् ।
मुस्लिम युवा अवंम अगुवाहरु सामाजिक संजाल मार्फत बिना कारण आलामी इज्तेमा कार्यक्रम स्थगित गराउन नपाउने ,भनेर बारम्बार पोस्ट मार्फत प्रसासन लाइ ध्यानाकर्षण गराउदै आएका थिए ।

स्थानिय प्रसासन ले स्थगित गरेपछि सम्बन्धित सरोकारवालाहरुले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी को ध्यानाकर्षण गराए लगत्तै उहाँले गृहमन्त्रालय संग निरन्तर भेटवार्ता गरि सो आल्मी इज्तेमा निश्चित समयमा नै गराउन सफल भएको हो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इज्तेमा को लागि आवस्यक ब्यबस्थाका साथै कार्यक्रमको प्रकृति र सहभागी संख्याका आधारमा कार्यक्रम को संबेदनशिलतालाई मध्यनजर गरि कार्यक्रम को सम्पूर्ण जिम्मेवारी , निगरानी, सुपरिवेक्षन र समन्वय मा कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन हुने गरि उक्त कार्यक्रमको अवधि भरि त्रुटिरहित सुरक्षा ब्यबस्था मिलाउनु हुन अनुरोधका साथ् नेपाल सरकारको ग्रह मन्त्रालयसंग अनुमति लिन का लागि अहम भूमिका निर्वाह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *