अमेरिकी सिनेटमा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएकोमहाभियोग प्रस्तावमा सुनुवाइ सुरु

८ माघ, काठमाडौं । अमेरिकी सिनेटमा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाभियोग प्रस्तावमा सुनुवाइ सुरु भएको छ ।

आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप ट्रम्पमाथि छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । अमेरिकी तल्लो सदनमा यही आरोपमा महाभियोग सामना गरेका ट्रम्पबारे माथिल्लो सदनमा पनि सुनुवाइ सुरु भएको हो ।

सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीले ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्कसम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने संशोधन प्रस्ताव राखेका थिए । तर रिपब्लिकनले त्यसलाई विफल तुल्याइदिएका छन् ।

बीबीसीका अनुसार, दुई प्रस्ताव विफलपछि रिपब्लिकन तथा डेमोक्र्याटहरू महाभियोग प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले बहस गरिरहेका छन् ।

सिनेटमा ट्रम्प आबद्ध दल रिपब्लिकन पार्टीको बहुमत छ ।

यसका नेता मिच मक्कोनेलले सुनुवाइमा भाग लिँदै महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने मत जायर गरेका छन् । विपक्षी डेमोक्रयाटहरू भने ठीक विपरीत उभिएका छन् । उनीहरू महाभियोग मुद्दाका साक्षी र दस्ताबेज झिकेर यो मामलाको छिनोफानो गर्नुपर्ने अडानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *