सिरहामा सुरक्षित गर्भपतनका लागि संचारकर्मी संग अन्तरकृया

महेश सिंह सिरहा – सिरहाको लहानमा एक दिने सुरछित गर्भपतन
सम्बन्धिसंन्चारकर्मीहरुसंग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिरहा र जिल्ला जन स्वास्थ कार्यालय सिरहाको आयोजना र नेपाल पत्रकार महासंघ सिरहाको समन्वय र आईपास नेपालको सहकार्यमा कार्यक्रम भएको थियो ।
अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ । कार्यक्रम नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ताको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतीथि जिल्ला समन्वय समिती सिरहाको संयोजक रामचन्द्र ठाकुर ले गर्भपतन अबस्थालाई समाजमा नकारात्मक संदेशहरु लिने गर्ने गरेको देखीन्छ नकारात्मक अबधारणाहरु समाजमा फैलिएको छ्। यसलाई कसरी समाजमा सचियाउने तेतातिर हामीसबै सचेत नागरिकको काम हो भने बताए । आईपास नेपालले २००२ साल देखी गर्भपतन सम्बन्धि काम गरेको पिताम्बर सिग्देल ले बताए। बिश्वमा २ करोड ५० लाख महिलाहरुले गर्भपतन गराउने गरेको एक तथ्यांकले बताउँछ । नेपालमा ३ लाख महिलाले गर्भपतन गराउने गरेको पाईन्छ ।आईपास नेपालले नेपालको १९ जिल्लामा काम गरिरहेको अबस्था छ ।नेपाल सरकारले ४ चार किशिमको औषधी सुरछित गर्भपतन गराउन मान्यता दिएको छ ।
अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ । जिल्ला जनस्वास्थ कार्यालयको प्रमुख कृष्ण देब यादव ले हाम्रो समाज जुन महिलामा लाल्छ्ना , भर्म र तथ्य भाषा प्रयोगका लागी सुझाव र हामी एउटा रणनीति बनाए अगाडि बढनु पर्छ , परिवार नियोजनको सेवा राम्रो गर्नु पर्छ र समाजमा सचेतना र जनचेतना फैलाउनु जरुरी देखीएको बताए । अब हामी जिल्ला प्रहरी कार्यालय र १७ वटा स्थानीय तहमा पहल कदमीको सरुवात गर्ने गरेको बताए ।
सिरहामा मधेश आन्दोलनका सहिदहरुको सम्झनामा बलिदानी दिवस सम्पन्न
महेश सिंह ५ माघ सिरहा –
मधेस आन्दोलनका क्रममा सिरहा मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा हरेक वर्ष लहानमा बलिदानी दिवस मनाउने गर्छ । माघ ५ गते, मधेश आन्दोलनका सहिदहरुको सम्झनाको दिनमा मधेशवादी दल तथा प्रदेश २ सरकार विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएका छन् । वि.स. २०६३ माघ ५ गते का दिन सिरहा जिल्ला मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोले मधेशको लागि दिएको शहादतबाट मधेश आन्दोलनले उत्कर्ष उर्जा प्राप्त गरेको थियो । तसर्थ यो दिन नेपालको इतिहासमा खास गरेर मधेशी जनताको मानस पटलमा वलिदानी दिवसको रुपमा सदा सर्वदाका लागि दर्ज भएको छ ।
प्रदेश सरकारले आज वीरगञ्जमा बलिदानी दिवस मनाएको छ । वीरगञ्जमा आज दिउँसो मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्री, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने जनाएको छ ।
मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सिरहा छेत्र नम्बर १ कि छेत्रीय अध्यक्ष तथा नेत्री भारती गुप्ताको अध्यक्षतामा आइतबार सिरहाको लहानमा रहेको सहिदहरुको सालिकमा माला अर्पण गरि बलिदानी दिवस मनाएका छन् । मधेसी दल समाजबादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष ओपेन्द्र यादव र जन्मत पार्टीको राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले समेत सहिदहरुको सालीकमा माला अर्पण गरि कार्यक्रम मनाएका छन् । सहिद चौक लहानमा आइतबार एका बिहान देखी नै मधेसबादी दलका अधिकान्स नेताहरु ले पाल्दै पालो गरि सहिदहरुको सम्झ्नालाई यौगौ युग सम्म बर्क्रार राखन कार्यक्रम मनाएको हो । माला अर्पण कार्यक्रम लगत्तै राष्ट्रिय जनता पार्टीका अधिकान्स नेताहरुले १३औं बलिदानी दिवसको उपलछमा सिरहाको लहान ग्रामीण चौका स्थित रहेको लहान मेरि चिलरेनडका विद्यार्थीहरुलाई कपि , कल,र फलफुल वितरण गरेका छन् । स्कुल ले गरिब,अपांग,असहाय रजेहेन्दार विद्यार्थीहरुलाई बिगत पाँच बर्ष देखी विद्यार्थीहरुको खाना, लत्ताकपड,पढाई, लालल्न पालन र स्कुल फि समेत न लिई करिब सयौं बिद्यार्थीहरुको शिक्षा दिनेगरेको स्कुलको प्रेन्सीपल पाँडब हमला थकुरीले बताए । कार्यक्रम मा राजपा पार्टीका भातृसंगठन राष्ट्रिय बिद्यार्थी संघ विद्यार्थी नेता महेश सिंह महतो , बिनिता चौधरी , सन्ध्या पसमान बिसुन्देब सरदार , बिनिता शरण लगायतका विद्यार्थी नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो । पार्टीका नेताहरु रामरिझन यादव,जयनारायण यादब,मनोज यादव , देबनारायण यादव,बिनोद यादव, नेत्री भरती गुप्ता , नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ता लगायतका पत्रकारहरुको सहभागीता रहेको थियो । यता सहिद रमेश महतोको जन्म भुमि मझौरा हाल नबराजपुर गाउँ पालिकामा सिके राउतको जनमत पार्टी ले आम सभा गरेका थिए । विभिन्न कार्यक्रम आयोजन गरी आज मधेश आन्दोलनका सहिदहरुलाई सम्झिरहेका छन् । यस्तै समाजवादी पार्टी बलिदानी दिवस आयोजन गर्ने भएको छ । आइतबार अयोजना गर्ने उक्त कार्यक्रममा पहिलो तथा दोश्रो मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य तथा निर्वातमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार प्रगतिशील मधेशी समाजले समेत सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ सरकारले बलिादानी दिवस मनाउन आज प्रदेश २ मा सार्वजनिक विदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *